कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कार्कीलाई डेंगु सङ्क्रमणसँगै मुटुमा पनि समस्या

इटहरी । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री कार्कीलाई मुटुमा समस्यासँगै डेंगु सङ्क्रमण भएपछि उनलाई काठमाडौँ लगिएको उनका परिवारले जानकारी दिएका छन् ।

मन्त्री कार्कीको वीर अस्पताल काठमाडौँमा उपचार भइरहेको मन्त्री कार्कीका छिमेकीसमेत रहेका एमालेका नेता नवीन सिवाकोटीले बताए । बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराइरहेकै बेला उनी मन्त्री बनेका थिए ।

बिरामी रहेकै बेला शपथ खानका लागि विराटनगर आएका उनी शपथपछि फर्किएर अस्पताल नै गएर उपचार गराएका थिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here