इटहरी । इटहरीमा निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुचारु गरिएको छ ।
इटहरी बासिन्दालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा सञ्चालन गरिने भएको छ ।
नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागू हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जानकारी दिएका छन् ।
इटहरी उप महानगरपालिकाले नगरबासिहरुका लागि घरदेखि घाटसम्म शव वाहान र घरदेखि इटहरी अस्पतालसम्म निःशुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको जनाएका छन् ।
प्रमुख पौडेलले आफू निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउँदै एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने समेत जानकारी दिएका छन् । ‘