काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा भ्वाइस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो ।
शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् ।
सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ ।