रामधुनी । पुर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवा आउने भएका छन् । शनिबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह इनरुवा आउने जानकराी गराइएको हो ।
पत्रकार सम्मेलनमा पूर्व राजालाई सोमबार नागरिक अभिनन्दन गरिने पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समिती इनरुवा सुनसरीले जानकारी दिएको छ ।
इनरुवा स्थित जेल फिल्डमा सोमबार दिउसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको समितिले जानकारी दिएको छ । कार्यक्रममा राजसंस्थामा विश्वास राख्ने क्षेत्र,दल ,संघ संगठनमा आवद्ध व्यक्तिहरू र अन्य राजनैतिक दलका प्रतिनिधीहरुको उपश्थित रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
फाल्गुन ७ गते पुर्वराजा ज्ञानेन्द्र साहद्वारा देशको अवस्था चिन्ताजनक रहेको र सबै दललाई देश विकासको लागी आह्वान गरिएको स्मरण गराउँदै यस अभिनन्दन कार्यक्रम पनी कुनै राजनैतिक दल वा सङ्गठन निकट कार्यक्रम नभई सबैको साझा कार्यक्रम भएकोले सबैमा उपश्थित भई कार्यक्रम सफल बनाउन पूर्व शिक्षा मन्त्री केशर बहादुर विष्टले आग्रह गरेका छन् ।
समितिमा नेपालको लागी नेपाली,जय राष्ट्रवादी दल,राष्ट्रिय सरोकार मञ्च जस्ता दल तथा कालु पाण्डे प्रतिष्ठान,गुरु गोरक्ष अभियानजस्ता संस्थानहरूको सहभागिता रहने उनले जानकारी दिए । इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तीमा ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने विष्टले बताए । इनरुवाको जेल फिल्डमा हुने सो कार्यक्रमका लागि शाह सोहीदिन झापाबाट दिउँसो सडकमार्ग हुदै पुग्ने कार्यक्रम रहेको छ।