इटहरी । नेपालको अग्रणी इन्टरनेट कम्पनी भायनेटले ‘कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता २०२३’ को आयोजना गरेको छ । शनिबार इटहरीमा आयोजित प्रतियोगितामा धरान शाखाले इटहरी शाखालाई पराजित गर्दै ट्रफि हात पारेको छ ।
सुनसरी मोरङ र झापामा रहेको विभिन्न शाखाका ८ टिम सहभागी प्रतियोगितामा धरानले इटहरीलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । युवाहरू माझ खेललाई प्रेरित गराई स्वास्थ्यलाई तन्दुरुस्त बनाउने प्रेरित गर्ने उद्देश्ये प्रतियोगिताको आयोजना गरेको भायनेट पूर्व क्षेत्रका अप्रेसन इन्चार्ज सन्तोष खड्काले जानकारी दिए ।
प्रतियोगितामा भायनेट पूर्व क्षेत्रका प्रमुख राजीवमान प्रधान, इटहरी शाखा प्रमुख अमन श्रेष्ठ, धरान शाखा प्रमुख सुमित श्रेष्ठ, दमक शाखा प्रमुख रामप्रसाद पोखरेल, बिर्तामोड शाखा प्रमुख सञ्जीव दुलाल लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।