नागरिक अगुवा र बुद्धिजीविहरुसँग माओवादी धारका नेताहरुले मंगलबार छलफल गर्दैछन् ।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले मंगलबार बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् ।
फागुन २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।