झापा । जिल्लाको कान्काई नगरपालिका–३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बा.१८ च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका–३ कि ३६ बर्षीया सावित्रा देवि भण्डारीलाई उपचारको लागि वि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ उनको मृत्यु भएको हो ।
ठक्कर दिने कार र चालक कमल गाउँपालिका–६ का नित्या नन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।