रामधुनी । आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष धेरैको संख्यामा नेपाली अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई मुलुकबाहिर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न २०७४ सालबाट सुरू भएको हो, काठमाडौं वर्ल्ड स्कुल । जुन स्कुल शैक्षिक क्षेत्रमा चिरपरिचित नाम हो ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाका लागि स्कुलले विभिन्न विधिहरु अपनाइरहेको छ । स्कुलको पूर्वाधार र सुविधाहरु समेत निकै अत्याधुनिक र सुविधासम्पन्न रहेका छन् ।
शान्त वातावरण, छात्र तथा छात्राको आवासगृह, स्विमिङ पुलसहितको अतिरिक्त क्रियाकलाप, नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपर्पोज कोर्ट, फुटसल अनि अतिरिक्त प्रयोगात्मक कक्षाहरुको लागि पनि छुट्टाछुट्टै व्यवस्था रहेको छ काठमाडौ वल्ड स्कुलमा । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाइ रहेको छ यस स्कुलले ।
तल्लोतहका कक्षा जस्तै प्लस टू अध्ययन गर्ने विद्यार्थीहरुको रोजाइमा समेत यस स्कुल पर्ने गरेको छ ।
स्कुलको समग्र गुणस्तर र सेवाको हिसाबले केही महँगो भएपनि प्लस टू भने अन्य कलेजको तुलनामा सस्तो रहेको स्कुलका चियरम्यान डाक्टर मिथ्लेश कुमार झाले बताए ।
डा. मिथ्लेश कुमार झाका अनुसार स्कुलले स्थापनाको छोटो समयमै आफूलाई अग्रणी विद्यालयको रुपमा उभिन सफल भएको स्कुल व्यवस्थापनको विश्वास रहेको छ ।