बिर्तामोड । मुलुकमा देखिएको चरम आर्थिक मन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एक सय जनायुवालाई रोजगारी दिने तयारी गरेका छन् ।
बिर्तामोड नगरपालिका १ मानमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी प्रा.लि. सञ्चालन गर्दै एक सय युवालाई रोजगारी दिने तयारी थालिएको हो ।बाह्रदशी गाउँपालिका – ३ कानवीन भण्डारी र गौरादह नगरपालिका निवासी चेतनाथ निरौलाले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याएका हुन । झण्डै साढे तीन कारोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डष्ट्रीमा शुरुवाती चरणमा २० जना युवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताए ।
मेटल इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा आएसंगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने भण्डारीले बताए । व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुलेका भण्डारी प्राध्यापन पेशामा सम्लग्न छन । विगत ११ वर्षदेखि प्राध्यापन पेशा अंगालेका उनी नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी प्रा.लि.को प्रवन्ध निर्देशकको भूमिकामा रहेका छन ।
चेतनाथ निरौला आफैंमा इन्जिनियर हुन । उनले कम्पनीको उत्पादन र बजारीकरण गर्ने जिम्वेवारी सम्हाल्दै इन्डष्ट्री सञ्चालनमा ल्याएका हुन । नेपालमा चलेक ाबीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपर मार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याइएको निरौलाको भनाई छ ।
इन्डष्ट्रीले डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट,मेटल चेयर, लकर,मेटल प्यालेट, फलामको फर्निचरका डाई लगायतका सामग्री उत्पादन गर्ने बताइएको छ । त्यस्तै इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ, सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
मेटल इन्डष्ट्री प्रदेश कै पहिलो भएको र यसले गुणस्तरीय सेवा प्रवाहगर्न कुनै कसर बाँकी नराख्ने इन्डष्ट्री सञ्चालक भण्डारीले बताए । फलामको उपयोगिता सम्वन्धि नेपाली समाजमा रहेको धारणालाई थप व्यापक बनाउन यो उद्योगले भूमिका निर्वाह गर्ने भण्डारीको भनाई छ ।
नेपालमा यस खाले इन्डष्ट्री सिमित संख्यामा रहेको र प्रदेश १ मा एउटा पनि इन्डष्ट्री नभएका कारण आफूहरुले पूर्वको बजारलाई विश्लेषण गर्दै युवालाई समेत रोजगारी दिने उद्देश्यले इन्डष्ट्रीमा लगानी गरेको भण्डारीले बताए । आर्थिक मन्दीका बीचपनि चलेका बीग मार्ट, गार्डेन मार्ट, सहकारी पसल, सुपर मार्केट, हाइपर मार्केटले यस खाले सामग्रीभारत सहित चीनबाट आयातगर्ने गरेको र त्यसलाई रोक्न उद्योगले भूमिका निर्वाह गर्ने बताइन्छ । आफ्नै ठाउँमा उद्योग सञ्चालन गर्दा स्थानीयले रोगजारी समेत पाउने र साम्रग्री खरिदका लागि विदेशिने मुद्रा नेपालमा नै सञ्चित हुने भण्डारीको भनाई छ ।
नेपालमा यस खले सामग्रीको मागउच्च रहेपनिउद्योग नहुँदा भरत र चीनको भर पर्नु परेको तर गुणस्तरीय सामग्रीको आपूर्ति समेत न्यून हुने गरेको भण्डारीको भनाई छ । उद्योगले उत्पादन गर्ने अधिकांश साम्रग्री फलमका हुने र लामो समय टिक्ने भएकाले उपभोक्ताको मन छोटो समयमा जित्न सकिने भण्डारीले बताए । उद्योगले उत्पादन गरेका सबै सामग्रीवहु उपयोगीहुने र आवश्यकता अनुसारका डिजाइन दिइने भएकाले सबै प्रकारका व्यवसाय तथा घरायसी रुपमा बढी प्रभावकारी हुने विश्वास लिइएको छ । मेटल इन्डष्ट्रीको बजार नेपाल भर रहेको र सम्भाव्यताअध्ययन गरेर आफ्नै ठाउँमा कम्पनी स्थापना गरेको कम्पनीका सञ्चालक भण्डारीको भनाई छ ।