धनकुटा । धनकुटाको उत्तर पानी स्थित बहु प्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रम थप गर्न विज्ञले सुझाव दिएका छन् ।
धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखि सञ्चालन भइरहेको बहु प्राविधिक विश्वविद्यालयलाई कृषिमा मात्र सीमित नराखी शैक्षिक कार्यक्रम थप गरेर साँच्चैको बहुप्राबिधिक विश्वविद्यालय बनाउन विज्ञहरूले सुझाव दिएका हुन ।
हाल उत्तरपानीमा कृषि र पशुपालन सम्बन्धी पि डिप्लोमा सम्बन्धी कार्यक्रम मात्र सञ्चालन भइरहेको छ । तर स्तरबृद्धि गरेर शैक्षिक कार्यक्रम थप गरेमा उत्तर पानी साँच्चैको बहु प्राविधिक शिक्षालय हुने विज्ञहरूको सुझाव छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा शुभाषश्री पोखरेलले सिभिल ईन्जिनियरिंड र आँखा सम्बन्धी स्नातक तहको कार्यक्रम थप गरेमा उत्तर पानी कृषिको मात्र नभएर साँच्चैको समय र भूगोल सुहाउँदो बहु प्राविधिक शिक्षालय हुने बताए । कृषिमा मात्र सिमित नभएर स्नातक तहका विविध कार्यक्रम थप गरेमा स्थानीय तहमै दक्ष जनशक्ति तयार हुने र उनीहरूले आफ्नै क्षेत्रमा योगदान दिने अवसर प्राप्त हुने उपकुलपति पोखरेलले बताए ।
उनले भने ‘अब कृषिको सीमित कार्यक्रमले मात्र पुग्दैन सिभिल र अन्य कार्यक्रम थप गर्न चाहने भए उत्तर पानी शिक्षालयलाई हामी सहयोग गर्न तयार छौ ।,
उत्तरपानीमा २०४० सालमा स्थापना भएको बहु प्राविधिक शिक्षालयले हालसम्म कृषि सम्बन्धी विद्यालय स्तरको जनशक्त्तिमात्रै उत्पादन गर्दै आइरहेको छ ।