रामधुनी । ‘प्रदेश १ चलचित्र तारा’ बाट चर्चित अभिनेत्री मिरुना मगर सम्मानित भएकी छिन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’मा मगरलाई सम्मान गरिएको हो ।
प्रदेश १ मा जन्मिएर यहाँको नाम उच्च राखेको र चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै मगर सहित अग्रज कलाकार रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, ज्योतिराज राई, वरिष्ठ गायक रामा मण्डललाई ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित गरिएको हो । महोत्सवको अन्तिम दिन पनि अन्य ब्यक्तित्वहरुलाई ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मान गरिने आयोजक संस्था नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष, महोत्सवका निर्देशक तथा परिकल्पनाकार अरुण कुमार प्रधानले जानकारी दिए ।
‘चलचित्र महोत्सव’ अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ ओटा चलचित्रहरु निस्शुल्क प्रदर्शन भएका छन् । ‘चलचित्र महोत्सव’ अन्तर्गतका १८ चलचित्रहरु भने प्रदर्शन भैसकेका छन् । यता प्रजातन्त्र दिवास अर्थात फागुन ७ गतेबाट सुरुभएको इनरुवा उत्सव भने फागुन १७ गतेसम्म चल्नेछ ।