झापा । झापा झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।