विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ ।

प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन लागिएको जनाइएको छ ।

हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरुले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुँदै छ । त्यसका लागि विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here