काठमाडौँ । नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् ।
नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।
सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ ।