विराटनगर । जीवित शिशुलाई मृत घोषित गर्ने कोसी अस्पतालका चिकित्सक निर्दोष रहेको प्रतिवेदन पेश भएको छ । छानबिन समितिले बुझाएको प्रतिवेदनमा शिशुको उपचारमा संलग्न कोसी अस्पतालका स्वास्थ्यकर्मीहरू निर्दाेष रहेको उल्लेख गरिएको हो ।

विराटनगरस्थित कोसी अस्पतालका चिकित्सकले जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै तीनजनामाथि काममा रोक लगाइएको थियो । गत ५ माघमा घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्दै शिशुको उपचार संलग्न स्वास्थ्यकर्मीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै सात दिनका लागि काम गर्न रोक लगाइएको थियो ।

बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाको संयोजकत्वमा गठित बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेको समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here