इटहरी । उपमहानगरपालिकाले मुख्य चौकमै डोजर चलाएको छ । विराटनगर लाइनमा रहेको एक भवनमा उपमहानगरले शुक्रबार डोजर चलाएको हो ।

उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो ।

निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले काम गर्नका लागि असर पुर्याउँदै आएको थियो ।

सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब उपमहानगरले नियमित रूपमा भत्काउने नगर प्रमुख पौडेलले बताए ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here