विराटनगर । उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार अभिषेक गिरीको कारागार व्यवस्थापन विभागले गरेको सरुवा कार्यान्वयन गराउन आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीशद्धय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजालाशले यस्तो आदेश गरेको हो ।

चौकीदार गिरीले कैद भुक्तान सकिन लाग्दा कारागार व्यवस्थापन विभागले गरेको मकवानपुर कारागार स्थानान्तरण(सरुवा) गैरकानुनी भएको भन्दै ३ माघमा उच्च अदालत विराटनगरमा सरुवा बदर गरिपाउँ भन्दै ‘उत्प्रेषण परमादेश’को माग राख्दै रिट हालेका थिए ।

गिरीले कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । त्यसअघि गिरी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा २०७८ मंसिर ९ गते केन्द्रीय कारागार डिल्लीबजारबाट मोरङ स्थानान्तरण भएका थिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here