इटहरी । इटहरीमा पछिल्ला चार दिनदेखि जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । इटहरी २ शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्दै आएका छन् ।

चारकोसे जंगल क्षेत्र नजिकै रहेको बस्ती आसपासमा विगत चार दिनदेखि दर्जन बढीको संख्यामा आएका जंगली हात्तीको बथान आएपछि स्थानीय त्रसित बनेका छन् । साथै स्थानीयले हात्ति नियन्त्रण गर्नका लागि स्थानीयले रकारसंग माग गरेका छन् ।

स्थानीयको गुनासोका आधारमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल गस्तीमा निस्किएका छन् । हाल मेयर पौडेलको निर्देशनमा बिजुलीका पोलमा बत्ती समेत लगाइएको छ ।

साथै, हात्ती नियन्त्रण लिनका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र विभिन्न वन कार्यालयहरूलाई पनि पत्राचार गरी हात्ती मानव वस्तीमा प्रवेश गर्नबाट नियन्त्रण लिने तयारी भइरहेको मेयर पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here