इटहरी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी सुदुरपश्चिम प्रदेशले जितेको छ ।
इटहरीमा शनिवार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउदै पूरा गरेको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो ।