बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा आएका प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले पदभार ग्रहण गरेका छन् । नेपाल सरकारको मन्त्रिस्तरको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट कार्यालयमा पदस्थापना भएका ज्ञवालिले आजै कार्यभार सम्मालेका छन् ।
बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरी सफलता हसिल गरेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।