प्रदेश १ का प्रहरीलाई फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई १ दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरेको छ ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानिय टेलिभिजनहरुसंग समन्वय र सहकार्य गर्दै प्रहरीद्धारा गरिएका प्रहरी गतिविधि, अपराध सम्वन्धिका खवरहरु, बिभिन्न जनचेतनामूलक सामग्रीहरुका साथै बिविध बिषयमा आम जनमानसमा सचेतना अभिबृद्धी गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको हो ।

प्रहरी द्धारा सम्पादन गरेका काम कारवाहीहरुको श्रब्य दृश्य संकलनका लागी १ नम्बर प्रदेशका ईलाका प्रहरी कार्यालय “क” स्तर सम्मका प्रहरी कार्यालयमा कार्यरत २÷२ जना प्रहरी कर्मचारीलाई नेपाल टेलिभिजन ईटहरीको प्रावाधिक प्रशिक्षकको सहयोगमा फोटोग्राफी तथा भिडियोग्राफी र मोवायलग्राफी सम्बन्धी तालिम प्रदान गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here