योगदान राष्ट्रका लागि मोरङको प्रथम साधारण सभा सम्पन्न, भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुन्दरहरैचा । योगदान राष्ट्रको लागि नामक संस्थाको मोरङ जिल्ला प्रथम साधारण सभा सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचामा सम्पन्न उक्त साधारण सभाले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।

“प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मुलनारा रहेको उक्त संस्थाको मोरङ जिल्ला नयाँ कार्यसमितिको अध्यक्षमा मदन भण्डारी, उपाध्यक्ष रश्मि थापा, सचिव भोजराज रिजाल, सह सचिव चिरञ्जीवी आचार्य, कोषाध्यक्ष ओमनाथ सापकोटा रहेका छन् । त्यस्तै, सदस्यहरूमा राकेश दङल, विप्लव कोइराला, लक्ष्मी नेपाल, सन्जिता लुइँटेल, निशा कार्की चयन भएका हुन ।No description available.कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै जुझारु टिम बनेको र उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाले दैबिक प्रकोप लगायत स्वास्थ्य सङ्ग सम्बन्धित कुराहरूमा सहयोग गर्दै आएको र भावी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिइरहने बताए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here