काठमाडौं । गायक ओमप्रकाश गुरुङको “अँगालोमा बाँधी तिमीलाई“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उर्गेन दोङको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन् । गीतको भिडियोमा व्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन् ।

काठमाडौँका विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन् । पवन सुस्लिङले छायाङ्कन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन् ।

गायक गुरुङ करिब १० वर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गीतमा सक्रिय छन् । गुरुङको यस लगत्तै माया धराने बोलको गीत पनि बजारमा आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here