उदयपुर । आगामी फागुन १० गते उदयपुरमा म्यूजिक अवार्ड हुने भएको छ । उपाहार मिडिया ग्रुप प्रा.लिद्धारा संचालित उपहार एफ.एमले आफ्नो स्थापनाको ५ औ बार्षिक उत्सवको अबसर पारेर म्यूजिक अवार्ड गर्न लागेको हो ।
उदयपुर जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा विभिन्न विधामा एक दशक यात्रा सांगितिक क्षेत्रमा क्रियाशिल गायक, संगीतकार, रचनाकार तथा कला क्षेत्रमा क्रियाशिललाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल मर्म र भावना सहित आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई लाइफ अचिभमेन्ट अवार्ड सहित सम्मान तथा मोक्तान दम्पतीद्धारा उदयपुरका कलाकारहरुलाई अवार्ड वितरण गरिने छ ।
कार्यक्रममा उदयपुरका स्थापित तथा नवोदित युवा कलाकारलाई अवार्ड प्रदान गरिने छ । कार्यक्रममा उदयपुरबाट स्थापित कलाकारहरु सहित संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानले समेत सांगीतिक प्रस्तुती राख्ने उपाहार मिडिया ग्रुप प्रा.लिका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।