काठमाडौं । बामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि पार्टी प्रवेश कार्यक्रम राखेको बताइएको छ ।
सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो ।
एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए ।