नियमावली विपरीत प्रदेश सभा सञ्चालन गरेकोमा कार्कीको आपत्ति

file photo

विराटनगर ।  प्रदेश नं १ का प्रदेश सभा सदस्य केदार कार्कीले प्रदेशसभा नियमावली २०७४ विपरीत प्रदेशसभा सञ्चालन भएकोप्रति आपत्ति जनाएका छन् । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशसभा नियमावलीलाई बेवास्ता गरी सदन सञ्चालन गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले प्रदेशसभामा आज बोल्न खोज्दा समेत प्रदेशसभा सचिवालयले रोक लगाएको गुनासो पोखेका छन् । प्रदेशसभामा नियमावली विपरीत बैठक सञ्चालन भएको आवाज उठाउने भएकाले प्रदेशसभा सचिवालयले बोल्नमा रोक लगाएकोप्रति कार्कीले विरोध जनाएका हुन् ।

दलका नेताहरूलाई दोस्रो बैठकमा बोल्न दिँदाको अवस्थामा नियमावलीको नियम ५ निलम्बन गरेर मात्रै बोल्न दिनुपर्ने कार्कीको भनाइ छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here