रामधुनी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यलय इटहरी र मायाघर नेपालको साझेदारीमा इटहरीमा सडक नाटक प्रदर्शन गरिएको छ ।सडकमा वेवारिसे अवश्थामा भेटिएका मानिसहरुको उद्धार कार्य गर्दै उनिहरुलाई गास, बास, कपासको व्यवस्था मायाघर नेपालले कसरी गर्छ भन्ने विषयमा आधारित कथामा सडक नाटक प्रर्दशन गरीएको हो ।

बुधबार इटहरी स्थित इलाका प्रहरी कार्यलय इटहरी परिशरमा विभिन्न कारणले सडक जिवन बिताउन बाध्य मानिसलाइ उद्धार गर्ने र दोषीलाइ कानुनी कारवाहीको दायरामा ल्याउने विषयमा कलात्मक रुपमा सडक नाटक प्रस्तुत गरिएको थियो । सडक नाटकमा महिलाहरु कसरी हिंसामा पर्दछन र कसरी सडक जिवन बिताउन बाध्य हुन्छन भन्ने देखाइएको थियो ।

गर्भवती महिला सडकमा भौतारीरहेको अवस्थामा प्रहरीले फेला पारी उपचार पश्चात मायाघर नेपाललाई सुरक्षित रुपमा जिम्मा लगाउँदै सडक सम्म पुर्याउने दोषीलाई कानुनी कारर्वाही सम्मको कथा प्रस्तुत गरिएको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानबारी दिईन् ।

यस प्रकारका घटनाहरु समाजमा लुकाउन नहुने र प्रहरीलाई तत्काल जानकारी गराई उद्दार गर्न इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक खगेन्द्र बहादुर खड्काले सबैमा आग्रह गरे । उनले यस्ता घटनाका दोषीहरुलाइ प्रहरीले कारवाहीको दायरामा ल्याइरहेको र आगामी दिनमा पनी यो अभियान जारी राख्ने बताए ।
सडक नाटकलाई कलालय इटहरीका कलाकार डेविड बिस्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here