चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक

रामधुनी। पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक भएको छ ।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको देख्न सकिन्छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

परिवर्तन आफैंबाट सुरु गरौँ, समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।

चलचित्रका प्रस्तुतकर्ता अनन्त प्रसाद तिमल्सिना हुन् । चलचित्रको निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे एन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here