यसपालिकाे दशैं भायानेट संग,भायानेटका अल्ट्रा–फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने (अफर सहित)

काठमाडौं । दशैं नजिकिएसँगै आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ ।

यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै भायानेटले वार्षिक सदस्यतामा मात्र रु.१ सय ५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। भायाटिभी लिँदा ग्राहकले पहिलो सेट-टप-बक्स मात्र रु. ५ सय डिपोजिट गरेर प्राप्त गर्न सक्नेछन्।

भायानेटको अल्ट्रा-फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन्। उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको छ। अहिले चलिरहेको अल्ट्रा-फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा प्रदान गरेको छ ।

भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९ सय ९९ प्रति महिनामा पाउन सकिन्छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वाएमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् । यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्ने कम्पनीले जनाएको छ ।

ग्राहकले मेस राउटर लिनका लागि चार हजार र एमआई ४.एराउटरको लागि १ हजार ५ सय डिपोजिट गर्नु पर्नेछ। आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि यहाँ किल्क गर्नुहोस् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here