धरान । सुनसरीको धरान उपमहानगरपालिका–१२ का ६८ बर्षिय एक पुरुषको कोभिड सक्रमणका कारण मृत्यु भएको छ ।
कोराना भाइरस विरुद्धको दुबै डोज खोप लगाएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आईतवार निधन भएको प्रतिष्ठानका प्रवक्ता डा। चुरामणि पोखरेलले जानकारी दिए।
कोरोना भाइरसको संक्रमणका कारण सिकिस्त विरामी परेका उनलाई शनिबार उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी मुटु मिर्गौला सम्बन्धि दिर्घ रोगि भएको डा। पोखरेलले बताए । मृतकको शव व्यबस्थापनको पहल भैरहेको पनि उनले जानकारी दिए। कोरोना संक्रमितको मृत्यु भएसंगै प्रतिष्ठानको कोभिड अस्पताल खालि भएको छ ।
सुनसरीमा अहिले कोरोना भाईरसका १४ जना सक्रिय संक्रमित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुनसरीमा कोरोना भाईरसको संक्रमणका कारण ५ सय ६३ जनाले ज्यान गुमाएको उनले बताए ।