इटहरीमा २५ करोड लागतमा कोल्डस्टोर बन्दै

इटहरी । नगर गौरवको सवैभन्दा ठूलो योजना अन्तरर्गत इटहरी उपमहानगरपालिकाले कोल्डस्टोर सहितको आधुनिक कृषि बजार शिलान्यास गरेको छ ।

बिहिबार इटहरी वडा नम्वर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि वजार निर्माण हुने छ ।

कृषि वजारमा ६ लाख केजी समाग्री एकै पटक भण्डारण गर्न सकिने कोल्डस्टोर रहने छ । तरकारी र फलफूलजन्य समाग्रीको विक्री कक्ष,एटिएम सहितको वैंक,प्रशासनिक भवन,आवास कक्ष, दुईवटा धर्मकाँटा, १० वटा थोक बिक्री कक्ष निर्माण गरिने छ ।

यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत बजेट उपलब्ध हुने छ । उपमहानगरपालिकावाट ५० प्रतिशत सहभागिता रहने छ ।

यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरकापालिकाका प्रमुख द्धारिकलाल चौधरीले उपहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर बुझाएको करवाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको बताए । इटहरीको विकासमा दलहरु विच राम्रो सहिष्णुता रहेको प्रमुख चौधरीको भनाई छ ।

उपप्रमुख लक्ष्मी गौतमले कृषि वजार इटहरीको गहनाको रुपमा रहने बताइन् । कहिं कतै वेइमानी नगरि, भ्रष्टाचार नगरि इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको उनको भनाई छ । वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वरालले वडा नम्वर ९ मा भएका विकास निर्माणका कार्यले जनता खुशी रहेको बताए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here