काठमाण्डौ । नेपालमा केही दिनयता कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि ज्यान गुमाउनेको सङ्ख्या भने बृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ७५ जना नयाँ सङ्क्रमित थपिदा १४ जनाले ज्यान गुमाएका छन् । गत हप्ता बिहीवार पनि एकै दिन १५ जनाले ज्यान गुमाएका थिए । एक हप्ताको तुलनामा नयाँ कोरोना संक्रमित थपिनेको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

गत माघ १४ गते शुक्रवार ६ हजार ८ सय २७ जनामा सङ्क्रमण पुष्टि हुँदा १० जनाको ज्यान गएको थियो । यस्तै शनिवार ४ हजार ९ सय ४ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ जनाको ज्यान गएको थियो । आइतवार ३ हजार ५ सय ४० जनामा सङ्क्रमण पुष्टि हुँदा ३२ जनाको ज्यान गएको थियो । यस्तै सोमवार ५ हजार २ सय ९२ जना सङ्क्रमित हुँदा ८ जनाले ज्यान गुमाएका थिए । मङ्गलवार ५ पाँच हजार ५ सय ८३ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ जनाले ज्यान गुमाएका थिए ।

केही दिनयता थपिएका सङ्क्रमितको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्नुको कारण सङ्क्रमितमा जटिलता हुने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेका कोेरोना सङ्क्रमित केही दिनमै निको हुने भएकाले सङ्क्रमण घटेका र जटिलता अलि लामो समय रहने भएकाले अहिले ज्यान गुमाउनेको सङ्ख्या बढेको मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here