रामधुनी । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here