रामधुनी । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३ जना पुगेको छ ।
त्यस्तै ५ हजार ९ सय २४ जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ८७ हजार तीन सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।