रामधुनी । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार ८ सय ६९ जनाको नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।