विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार ८ सय ७ जनाको पिसीआर परीक्षण गर्दा ४ सय ८८ र ४ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पिसीआर परीक्षणका आधारमा मोरङमा २ सय २८ जना, सुनसरीमा १ सय ८४ जना, झापामा ४२ जना, धनकुटामा ७ जना, इलाम र उदयपुरमा ३–३ जना, तेह्रथुम र भोजपुरमा १–१ जना र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २ सय १९जना, सुन्दरहरैचा र स्थानीय तह नखुलेका ३–३ जना, कटहरीमा २ जना र रङ्गेलीमा १ जना, सुनसरीको धरानमा १ सय २५ जना, इटहरीमा ५२ जना, रामधुनी र स्थानीय तह नखुलेका २–२ जना, बर्जु, दुहवी र देवानगञ्जमा १–१ जना, झापाको भद्रपुरमा २३ जना, अर्जुनधारा र विर्तामोडमा ८ जना, मेचीनगरमा २ जना, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जना र स्थानीय तह नखुलेका ५ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी धनकुटा नगरपालिकामा ५ जना, पाख्रिबास र स्थानीय तह नखुलेका १–१ जना, इलाम नगरपालिकामा ३ जना, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका १–१ जना, तेह्रथुम र भोजपुरमा १–१ जना र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here