रामधुनी । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार ४ सय ९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना संक्रमित निको भएका छन् । थप चार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ५७ हजार तीन सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार दुई सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here