रामधुनी । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका स्थित चौकी टोलमा भाट भटेनिसुपर मार्केटको २० औ स्टोर शुभारम्भ हुने भएको छ ।
काठमाडाैंबाट सुरु भएको भाटभटेनीको यात्रा देशव्यापी हुने अभियान अन्तर्गत १९ औं स्टोरका रुपमा सुनसरीको इटहरीमा गत भाद्र १९ गते सञ्चालनमा ल्याएको भाटभटेनीले हेटौंडामा २० औं शाखाको मंसिर २२ गते शुभारम्भ गर्न लागेको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङले बताए ।
समय र उपभोक्ताको मागलाई मध्यनजर गर्दै भाटभटेनीले देशव्यापी अभियान अन्तर्गत मंसिर २२ गतेदेखि हेटौंडामा सेवा दिन लागेको सुपरमार्केटका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए ।
स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु उपलब्ध हुने व्यवस्थापक भट्टराइले बताए । शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० नगद प्रतिशत छुट तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुटका साथै निःशुल्क डेलिभरी समेत दिइने उनले बताए ।