इटहरी । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका इटहरीका माधव रिसाल कारागार चलान भएका छन् ।

इटहरी उपमहानगरपालिका–९ का ३६ वर्षीय माधव रिसाललाई बैकिङ कसुर मुद्दामा जिल्ला अदालत सुनसरीले २०७७ माघ २६ गतेको ३ दिन कैद र रु २ लाख २६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

जरिवाना तथा कैद फैसला भएसँगै फरार रहँदै आएका रिसाललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान) समूहबाट खटिएको प्रहरी टोलीले इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि क्षेत्रीय कारागार झुम्का पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here