file photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले जसपाको चिना हेराएर त्यसैका आधारमा उपप्रधानमन्त्री बन्न गएको रहस्य खुलेको छ । उनी १८ दिन उपप्रधानमन्त्री बने ।

ज्योतिषले २०७८ जेठमा सत्ताप्राप्तिको राम्रो योग छ भनेपछि महतो हौसिएर ओली सरकारमा सहभागी हुन पुगेका थिए । तर, ज्योतिषको आश्वासन एक महिना पनि टिकेन । नेपाल संस्कृत विश्व विद्यालयका उपप्रध्यापकसमेत रहेका ज्योतिष नविन झाले नै पूर्वराजपा नेपालको पनि चिना बनाएका थिए ।

उनले बनाएको चिनाअनुसार नै राजपा अवस्था अगाडि बढेको भन्दै महतोले जसपा नेपालको पनि चिना बनाउन लगाएका हुन् । पार्टीमा देखिएको ग्रह कटाउनका लागि ज्योतिषी झाले दुईवटा जप गर्न पनि महतोलाई सुझाव दिएका थिए ।
चिनामा उल्लेख यी केही कुराहरुहरु पार्टीसँग ठ्याक्कै मिलेको बताइएको छ । चिनामा गरिएको विश्लेषण अनुसार २०८० सम्ममा यो पार्टीको अस्थित्व पनि रहनेछैन । रातोपाटीबाट

हेर्नुहोस चिना :

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here