file photo

इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् ।

आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु । त्यसका लागि अब धमाधम काम हुनुपर्यो । जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, भने ।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here