ओखलढुंगा । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जनताको भावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसक्नु, कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका हुन् ।

प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन । उनले प्रदेश एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले संभावना कमजोर भएको सुनाए ।

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससंग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको बताउँदै उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गरे ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here