विराटनगर । मोरङको रतुवामाई नगरपालिका १० बाट वनको कर्मचारी तथा पत्रकार हौं भनि रकम ठगी गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् ।
असार ४ गते रतुवामाई १० मा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला बिशेष सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैया विभिन्न संचारमाध्यमको कार्ड समेत बरामद भएको छ ।
हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ ।
पक्राउ परेका माथि ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।