बक्लौरीका नागरिकसँग मन्त्री, वडाध्यक्षले दिए ज्ञापन पत्र

रामधुनी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङले रामधुनीका नागरिकको गुनासो सुनेकी छिन् । शुक्रवार रामधुनी ६ स्थित वडा कार्यालयमै पुगेर मन्त्री गुरुङले प्रत्यक्ष स्थानीय जनताहरूका गुनो सुनेकी हुन् ।

स्थानीयको गुनासो सुन्दै मन्त्री गुरुङले आफू जन्मे, हुर्के र पढेको ठाउँका जनतासँग प्रत्यक्ष भेट गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । स्थानीय युवाहरूले नगरमा रहेका विद्यालयको शैक्षिक गुणस्तर नभएको, विकाश निर्माणका कामहरू गुणस्तरहीन भएको युवाकालागि खेलकुदको क्षेत्रमा सुधार नआएको गुनासो सुनाएका थिए ।

स्थानीय युवाहरूको गुनासो सुन्दै मन्त्री गुरुङले आफू राजनीति भन्दा पनि समाजसेवा र जनताको मनमा राज गर्ने भएको भन्दै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले रामधुनी ६ को विकासकालागि आफू सधैँ लागिपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष हेमनारायण राजधामीले आफ्नै गाउँ ठाउँकी चेली मन्त्री भएर प्रत्यक्ष स्थानीयहरूको गुनासो सुनिदिएको र यहाँको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदा आफूलाई खुसी लागेको बताए । उनले मन्त्री गुरुङलाई प्रदेश १ लाई राख्न आग्रह समेत गरेका छन् ।

वडा अध्यक्ष हेमनारायण राजधमीले मन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाउँदै वडामा बालमैत्री घोषणा गर्नका लागि शंकरवेलीमा बाल उद्यानको निर्माण, महिलाहरूलाई स्वरोजगारका लागि कार्यक्रमको पहल, रामधुनी ६ मा ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउन लगायतको माग गरेका छन् ।May be an image of 2 people and people standingमन्त्री गुरुङले ज्ञापन पत्र बुझ्दै, आफ्नो मन्त्रालयबाट हुने काम सजिलै हुने र अरू मन्त्रालयसँग समेत सहकार्य गरिदिने बत्ताइन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here