कांग्रेसका मुख्यमन्त्री लोकप्रिय बन्दै, एक सातामै विस्वासको मत

इटहरी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्वासको मत लिएका हुन् ।

प्रदेश सभामा उपस्थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्वासको मत दिए भने २७ सांसदले विपक्षमा मतदान गरे । नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

गत बैशाख २९ गते संसद्को ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा नेपाली नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका पोखरेल विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here