रामधुनी । टाइटल पढ्दा अलिक हाँस उठ्न सक्छ, गाडी नै पो बिरामी भयो । त्यो पनि कोरोना जनप्रतिनिधि चढ्ने पछिल्लो समय कोरोना सङ्क्रमितलाई गाह्रो साह्रो परेमा अस्पताल जानका लागि दिएको !

एक पटक होडबाजी नै चलेको थियो । आफू चढ्ने गाडी कोरोना सङ्क्रमितको प्रयोजनका लागि प्रयोगमा ल्याउने जनप्रतिनिधिको । यो होडबाजी सुनसरीको रामधुनीमा पनि आइपुग्यो र उपमेयर शविनाकुमारी चौधरीले आफू चढ्ने गाडी कोरोना सङ्क्रमितको प्रयोजनमा एम्बुलेन्स बनाउने घोषणा गरिन् ।

 

कतिपय स्थानीय तहहरुले बेलामा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सामाग्रीहरू अझै पनि स्थानीय तहमा नल्याउँदा र पहल पनि नगर्दा यस्ता निर्णयबाट आलोचना पनि खेप्न परेका छन् । तर, महामारीका बेला जनप्रतिनिधिले आफूले चढ्ने गाडी नागरिककै सेवामा राख्ने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरे ।

यसै क्रममा आफूले दैनिक प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामीको लागि एम्बुलेन्स बनाउने घोषणा गरेकी रामधुनीकी उपमेयरको गाडी आफै बिरामीमा परेको छ । सामाजिक सञ्जाल फेसबुकमा सङ्क्रमितको लागि दिएको घोषणा गरेको गाडी महिना बिदा समेत प्रयोग आएको छैन ।

दिनै घोषणा गरे लगत्तै बिग्रिएको गाडी बनिए पनि पटक पटक बिग्रेको बिग्रै गर्दा नगरपालिका पनि बनाउनका लागि हत्तु हैरान भएको छ । नगरले एउटा एम्बुलेन्स समेत खरिद गर्न नसकी रहेको अवस्थामा कोरोना सङ्क्रमणको समयमा गरिब जनताले दुःख पाउनु नपरोस् र एम्बुलेन्स नपाएका कारणले नगरवासीले ज्यान गुमाउनु नपरोस् भनी आफू चढ्ने गाडी दिएको भनी सामाजिक सञ्जालमा हाल्दा स्थानीय हर्षित भएका थिए ।

तर, स्थानीयको हर्षित भएको केही दिनपछि आफ्ना आफन्तलाई कोभिड लागेर नगरमा सम्पर्क गर्दा सावरी चालक नभएको भदै विभिन्न बाहानमा टार्ने गरेको स्थानीयले बताए । ‘हामीले आफन्त गुमायौँ शव ब्यबस्थापनमा गर्न लाने बेलामा सवारी साधन पाइएन, उपमेयरले दिएको गाडीमा सवारी चालक नभएका जानकारी आयो, स्थानीयको भनाई छ । अनि अरू स्थानबाट बेलाएर ब्यबस्थापन गरौँ ।’

हुन त रामधुनी यस्तो नगर हो जहाँ अहिलेसम्म पनि आइसोलेसन बनाउन सकेको छ । प्रशासनले दोस्रो भेरियन्टको सुरुवातमै आइसोलेसन बनाउन निर्देशन दिए पनि यो नगरपालिका अटेरी भएर बसेको छ । नगरका अधिकारीहरू बिरामी नभएका कारण आइसोलेसन नबनाएको भन्दै पच्दै नपच्ने जवाफ दिन्छन् ।

जब, कि महामारी फैलिएको यत्रो समय भयो, कोही गम्भीर बिरामी प¥यो भने के गर्ने ?, होम आइसोलेसन बस्न नसक्ने अवस्थामा के गर्ने ? त, अधिकारीहरू काम गरिरहेको भन्ने जवाफ दिन्छन् । ‘धन्न राम एक दिन भए पनि आएर धुनी जगाएछन् र अहिलेसम्म धेरै अप्रिय हुन सकेको छैन ।’ नागरिक नगरपालिकाको काम देखेर यस्तै भनिरहेका छन् ।

यो पनि पढ्नुहोस् ।

एउटा आइसोलेसन पनि सञ्चालनमा ल्याउन सकेन रामधुनीले

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here