‘मर्दा–पर्दा’का सहयोगी खम्बासिंङको सहारा बन्दै जन्तेढुंगाका युवा !

इटहरी । गाँउघरमा मर्दा–पर्दा, सुख–दुःख सबैमा साथ दिने नाम हो, खम्बासिंह तामाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५(साबिकको चिसापानी २) का तामाङले कहिल्यै आफ्नो भन्ने सोचेनन् ।

उमेरले पाको बन्दै गएका तामाङ अब बिस्तारै समाजका गतिविधिमा सक्रियताका साथ लाग्नका लागि सक्न छोडेका छन् । तामाङ समाजसँगै रमाउँदा र पछिल्लो समय बुढेसकालको अनुभूति गरिरहँदा उनको जीवनको यथार्थता पनि देखिन थालेको छ ।

परिवारको सहाराविनाका तामाङको पछिल्लो समय बस्दै आएको घर जीर्ण बन्दै गएको छ । जग्गा जमिन पनि नभएको र अर्काको जग्गामा बस्दै आएका  तामाङमा बर्षायाममा कसरी बस्ने भन्ने चिन्ता बढ्दै गएको स्थानीयले बताएका छन् ।

स्थानीय सुरेश प्रधानका अनुसार दैनिक हलोजोति जिवीको टार्दै आएका खम्बसिङ तामाङको जनजिबन कष्टकर बन्दै गएको छ । उनले सामाजिक सञ्जालमा खम्बासिंङलाई बुढेसकालमा सहयोग गर्नुपर्ने आशयको स्ट्याटस पोस्ट गरेपछि उनलाई कसरी उद्धार र राहत दिन सकिन्छ भन्ने नागरिक समाजमा चासो बढेको छ ।

जन्तेढुंगा ५ युवाले अहिले उनको आवास निर्माणका लागि एउटा समूह नै निर्माण गरेर अभियान चलाएका छन् । ‘जनकल्याण युवा समूह’ बनाएर अहिले खम्बासिंङलाई उद्धार गर्न युवाहरू लागेका छन् ।

समूहमा सक्रिय अविशेक भण्डारीले कसैको जीवन रक्षाका लागि सानो सहयोग पनि वरदान साबित हुने बताए । उनले ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्दै सहयोगी मनलाई सहयोगको अपिल गरेका छन् । उनले सहयोगको रकम पारदर्शी बनाउने पनि उल्लेख गरे ।

फलोअपमा…

By खेमराज सापकाेटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.