इनरुवा । सुनसरीका विभिन्न ठाउँमा धान रोपाई शुरु गरिएको कृषकहरुले बताएका छ्न ।

इनरुवा नगरपालिकाको जल्पापुर, बबिया, डुम्राहा, आसपास भोक्राहा नरसिंह गाउँपालिकाको सोनयाही ,नरसिंह, अकाहा, शिवगंज र हरिनगर गाउँपालिकाको भुटाहा बसन्तपुर, गौतमपुर, घुस्की आसपास, देवानगंज गाउँपालिको होर्साही, कप्तानगंज, गढी गाउँपालिकाको छिटाहा, ओराबनी आसपास, बर्जु गाउँपालिकाको अमाही बेलाहा, चिम्डी आसपास चौर लगायतको क्षेत्रमा प्रशस्त मात्रामा धान खेती गरिन्छ ।

बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो भेरिण्टलाई पहयाउदै किसानहरु अहिले रोपाईमा व्यस्त देखियको कृषकहरु बताउँछन् । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि सुनसरी जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

आलोपालो गरेर सबै गाउँपालिका र नगरपालिकाका कृषकहरु अहिले खेतपाखामा व्यस्त रहेको भोक्राहा नरसिंहका किसान मजलुम मियाले बताए । यतिबेला कृषकहरूको १ मानो छरेर मूरी फलाउने समय हो । यहिको फलस्वरुप किसानहरु खेतमा व्यस्त देखिन्छ्न ।No description available.विगतका वर्षमा असारको तेस्रो हप्तादेखिमात्र सुनसरीलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि सुनसरीमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको कृषकहरु बताउँछन् ।

हरिनगर गाउँपालिका–२ भुटाहाका कृषक सरफराज अन्सारी भन्छन्, ’धानको बीउ त सामान्य थियो तर शुरुमा नै वर्षा राम्रो हुन थालेपछि र समयमा नै नहरमा पानी आएपछि धान रोपाइँ शुरु गरेका हौँ।’No description available.भोक्राहा नरसिंह–८ सोनयाहीका कृषक मजलुम मिया शुरुमा नै वर्षा राम्रो हुन थालेको हुनाले आकाशेपानीको मौका छोपेर धान रोपाइँ शुरु गरेको बताउँछन् । हामीले यस क्षेत्रमा सुनसरी खोलाको बाढीको डरले गर्दा धान समय भन्दा धेरै पहिला नै रोप्नु पर्दछ । विगत धेरै वर्ष देखि बाढीको समस्याले धान बाली नस्ट हुदै आएको बताउदै यस वर्ष पनि धान रोपेका छौँ । अब यसपालि पनि धान हुन्छ कि हुँदैन भन्न सकिन्न उनको भनाइ रहेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ सोनयाही आसपासका क्षेत्रमा विगत धेरै वर्ष देखि सुनसरी खोलाको बाढीले यस क्षेत्रमा लगाएको धान बाली नष्ट हुदै आएको, हरेक वर्ष यस्ता समस्या सिर्जना हुदै, ट्याक्टरले खेतमा जोतकोड गरेको पैसा समेत खेतबाट उब्जाउन नसकेपछि कतिपय किसानहरु धान रोप्न छाडेको बताउँछन । धानबाली उब्जाउन नसकेकोले सो क्षेत्रमा पहिलो पटक किसानले सनपाठ उब्जाउन लागेको भएपनि यसपाली सनपाठ पनि हुन्छ कि हुँदैन भन्ने यकिन नरहेको किसानहरुको भनाई छ ।No description available.असार महिनाको शुरुमा नै वर्षा राम्रो हुन थालेपछि सुनसरीका कृषकलाई भने असारको शुरुदेखि नै अहिले धान रोपाइँको चटारोले छोएको हो । मनसुन शुरु भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाई गरीएका खेतहरुमा सिचाँईको लागि पानी पुर्याउन समस्या भएको कृषकहरुको भनाई छ । भने अर्कातर्फ एक्कासी हुने भीषण वर्षाका कारण विभिन्न क्षेत्रहरुमा मोटरबाटो निर्माण गर्दा थुपारिएको माटोलाई बगाएर पानीका मुहानहरुलाई पुर्दा थप समस्या सिर्जना हुन सक्ने गुनासो छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here