सुनसरी । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न सशस्त्र प्रहरीले मुलुकभर सिमा क्षेत्रमा थप सक्रियता बढाएको छ । बस्ने, ओत लाग्ने राम्रो व्यवस्था नभए पनि उनीहरू १ जना प्रहरीले १ दिनमा लगातार १२–१६ घण्टासम्म निगरानीमा खटिइरहेका छन् । भने, ड्युटी सकेपछि अन्य सशस्त्र प्रहरीले पनि लगातार दिनरात सीमा सुरक्षामा खटिरहेका छन् । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि सशस्त्र प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको देखिन्छ ।

सुनसरीको भोक्राहा नरसिंह सोनयाही नाका पुर्ण रूपमा सिल गरिएको छ । मान्छेहरु अहिले पनि भारत बाट नेपाल र नेपाल बाट भारत जान दिनको लागि भन्दै, नेपाल भारत प्रवेश गरेको देखिनु साथ नियन्त्रणमा लिइ राम्रो सँग सम्झाइ बुझाइ जहाँ बाट आएको देखिए उतै फर्काउने गरेको सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताए ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा पर्ने उल्टीको सुनसान ठाउँमा पाल टाँगिएको छ, पालभित्र खाट छ, जहाँ सशस्त्र प्रहरीहरू बसिरहेका हुन्छन् । खाटसहितको पाललाई अस्थायी पोस्ट भनिन्छ ।

साँघुरो कच्ची सडक दायाँबायाँ मकै पाकिसकेको छ, ठुलाठुला सनपाठ भइसकेको छ र किसानले धान रोप्ने बेला आइसकेको छ, कतै कतै रोप्न शुरुआत गरिसकेको देखिन्छ, नेपाल– भारत सीमामा दशगजा र पिलरलाई सिमाना मानेर दुवै मुलुकका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।No description available.देशका विभिन्न स्थानमा अहिले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट ’बीओपी’ स्थापना गरिरहेको भएपनि गत वर्ष मंसिर २५ गते भारतसँग जोडिएको सुनसरीको भोक्राहा नरसिंह उल्टीमा सशस्त्र प्रहरीले नेपाल बोर्डर आउट पोस्ट ’बीओपी’ स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टीका सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीको कमाण्डमा ४० जना सशस्त्र प्रहरी खटाउने भएको छ, प्रत्येक ‘एक एक किलोमिटरमा ३ देखि ४ जना सम्म प्रहरी बसिरहेका छन् ।

सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले भने, सीमा सिल र लकडाउनमा अवैध नाकाबाट मानिस नेपाल भित्रिने क्रम नरोकिएपछि सरकारले भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी पोस्ट खडा गरेको हो । सुनसरीको सीमावर्ती क्षेत्रमा मात्र यस्ता अस्थायी पोस्ट करिब २५ वटा छन् ।

पोस्टमा परिचालित सशस्त्र प्रहरीहरू चर्को घाममा रूखको छहारी र कतै टेन्टमा त कतै छाप्रोमा ओत लागेर भारतबाट कोही प्रवेश गर्छ कि भनेर चनाखोका साथ बसिरहेका हुन्छन् । उनीहरूले दिनमा १२ देखि १६ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिजुली नभएको स्थानमा टर्चका भरमा गस्ती गर्नुपर्छ । एक जनाले अर्को ड्युटीमा रहेको साथीलाई देख्ने दूरीमा बसेर पहरा दिन्छन् । भारतको बिहारमा संक्रमण देखिएपछि यहाँ सजगता अपनाइएको हो ।

नाकाबाट प्रवेश नपाएपछि मानिसले खेत बाटोबाट ओहोरदोहोर गरिरहेको गुनासो आएपछि ठाउँठाउँमा अस्थायी पोस्ट खडा गरेर निगरानी गरिरहेको सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताए । यसैगरी सुनसरीको सीमावर्ती क्षेत्र भारतको बिहार राज्य सँगै टासिंएको ६१.९ किलोमिटर सीमामा ९ वटामात्र सुरक्षा वेशको निर्माण गरेको छ ।

भोक्राहा सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले चौबीसै घण्टा सतर्क रहेको बताउदै, भोक्राहा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहताले सशस्त्र प्रहरी भोक्राहाले सिमावर्ती क्षेत्रमा निगरानी गर्दै, लकडाउनको पुर्ण रुपमा पालना गराउदै, स्थानीय बासीलाई सहज र चेतनामुलक कार्यक्रम गरेर जनतालाई जोखिमबाट मुक्त राख्न स्थानीयको साथ सहयोगमा राम्रो कार्य गर्दै आएको बताउदै धन्यवाद दिएकी छिन् ।No description available.गाडी र पैदल गस्ती
सुनसरीको ६१.९ किलोमिटर सीमा क्षेत्रमा ६४० जना भन्दा बढी सशस्त्र प्रहरी तैनाथ गरिएको छ । भोक्राहा सशस्त्र प्रहरीलाई गाडीको उपलब्ध नभएपछि सीमा क्षेत्रमा पैदल र मोबाईल गस्ती बढाइएको छ । सिमानामा प्रहरी तैनाथ भएपछि वारिपारिबाट मानिस आउजाउ ठप्प भएको छ, अपराध गतिविधी नियन्त्रण भइरहेको छ, सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधिलाई रोक्न तथा शान्ति सुरक्षा कायम गर्न सक्रिय रहेको देखिन्छ ।

स्थानीयका अनुसार सीमामा कडाइ गरेका कारण भारतबाट ठूलो संख्यामा मानिस प्रवेश रोकिएको छ । भारतमा दोस्रो भेरिएण्टको कोभिड–१९ को संक्रमण नियन्त्रणमा नआएसम्म सशस्त्र प्रहरी बल नेपाल–भारत सीमामा तैनाथ रहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

छाप्रोमा बसेर ड्युटी
तराईमा बस्तीपिच्छे खुला नाका छन् । सुनसरीको भोक्राहा सशस्त्र प्रहरीले भोक्राहाको पिलर नम्बर १९५÷२ डब्लुपी ३९ देखि भोक्राहाको पिलर नम्बर १९७ पीपी ९ सम्म सीमा क्षेत्रमा नेपाल बोर्डर आउट पोस्ट उल्टीलाई विस्तार र अस्थायी पोस्ट खडा गरेर अवैध आवागमन रोकथाम तथा नियन्त्रणका लागि निगरानी गर्दै आएका छन् ।No description available.अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीलाई दिउँसो गस्ती गरेर रात बिताउन समस्या छ । उनीहरू प्लास्टिक र खरको छाप्रोमा बसेर सीमा निगरानी गरिरहेका छन् ।बस्ने, ओत लाग्ने राम्रो व्यवस्था नभए पनि उनीहरू दिनमा लगातार १२–१६ घण्टासम्म निगरानीमा खटिइरहेका छन् ।

सुनसरीमा चोर नाका प्रयोग गरेर आउनेलाई रोक्न भण्टावारी, लौकही, भोक्राहा, बसन्तपुर, घुस्की, देवानगंज, साहेबगंज, अमडुवा लगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी गरिरहेका छन् । सुनसरीको प्रमुख नाका भण्टावारीसँगै सम्पूर्ण साना नाकामा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

2 प्रतिक्रिया

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here