रामधुनी । प्रदेश १ मा एकैदिन ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने ९ सय २ जना संक्रमणमुक्त भएका छन् ।

थपिने संक्रमितहरुमा मोरङको विराटनगरमा १ सय १ जना, सुन्दरहरैँचामा ३५ जना, पथरीशनिश्चरेमा १८ जना, उर्लाबारीमा ११ जना, बुढीगंगामा ५ जना, रतुवामाई र बेलबारीमा ३–३ जना, रंगेली, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका २–२ जना रहेका छन् ।

त्यस्तै झापाको बिर्तामोडमा २१ जना, हल्दिबारीमा १५ जना, कनकाईमा १३ जना, दमकमा १२ जना, शिवसताक्षीमा ९ जना, अर्जुनधारामा ८ जना, भद्रपुरमा ८ जना झापा गाउँपालिकामा ५ जना, बुद्धशान्ति गाउँपालिकामा ४ जना, , मेचीनगर गाउँपालिकामा ४ जना, कमल गाउँपालिकामा ४ जना, गौरीगञ्ज र बा¥हदशीमा २–२ जना, गौरादह र कचनकवलमा १–१ जना रहेका छन् ।

त्यस्तै इटहरीमा ४५ जना, धरानमा ३० जना, बराहक्षेत्रमा ६ जना, दुहवी र रामधुनीमा ५–५ जना, हरिनगरमा २ जना, गढी, देवानगञ्ज , इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनकुटा नगरपालिकामा ६ जना, शहिदभूमीमा २ जना, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१ जना, संखुवासभाको खाँदबारीमा ४ जना, चैनपुरमा २ जना र स्थानीय तह नखुलेका ३ जना, ते¥हथुमको म्याङलुङमा ५ जना, लालीगुराँस नगरपालिकामा २ जना, इलाम नगरपालिकामा ३ जना, चुलाचुलीमा २ जना, रोङ र सूर्योदयमा १–१ जना रहेका छन् ।

उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२ जना, पाँचथरको फिदिममा २ जना, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१ जना, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१ जना, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हाल १६ हजार ५ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here